सूर्या लाइफ इन्स्योरेन्सको साढे २२ लाख संस्थापक शेयर सर्वसाधारणमा परिणत

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को साढे २२ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

कम्पनीको गत माघ ५ गते सम्पन्न १२ औं वार्षिक साधरण सभाले गरेको निर्णय बमोजिम कम्पनीमा रहेको शेयर संरचना परिमार्जन भएको हो ।

कम्पनीले २२ लाख ६२ हजार ८९४ दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो ।

कम्पनीको शेयर संरचना सर्वसाधारणतर्फ ४० प्रतिशत ६०ः४० प्रतिशत कायम भएको छ । यस अघि कम्पनीमा संस्थापक समुहको ७० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।