सिप्रदी ट्रेडिङको सिफारिसमा टाटा गााडीमा ७०% सम्म कर्जा

0
Shares

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालि बीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ।

सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि ज्योति विकास बैंक मार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गर्नुभएको थियो।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७०% सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडी खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।