नेशनल हाइड्रोपावरले पायो तल्लो इन्द्रावतीको लाइसेन्सको आसयपत्र


विद्युत विकास विभागले नेशनल हाइड्रोपावर कम्पनीलाई तल्लो इन्द्रावती जलविद्युत आयोजनाको लाइसेन्सका लागि आसयपत्र दिएको छ ।

विभागले आर्थिक प्रस्ताव माग गर्दा विभिन्न द्ध कम्पनीले प्रस्ताव पेश गरेका थिए । ४ मध्ये नेशनल हाइड्रोको प्रस्ताव माथिल्लो रकमको भएसँगै विभागले सञ्चालन अनुमतिको आसय दिएको हो ।

सोमबार विद्युत विकास विभागले सूचना सार्वजनिक गर्दै माग गरिएका प्रस्तावमा नेशनल हाइड्रोले ६ करोड २५ लाख रुपैंया कबोल गरेकाले लेटर अफ इन्टेन्ट (सञ्चालन अनुमतिको आसय) दिइएको उल्लेख छ ।

तल्लो इन्द्रावती आयोजना बनाउन विभागले मागरेको प्रस्तावमा नेशनल हाइड्रोका साथै आरएम इन्भेष्टमेन्ट, वाइवा एन्ड लामा अन्ली मल्टी जेभी, र लोअर इर्खुवा हाइड्रोले प्रस्ताव पेश गरेका थिए ।

यस अघि नेशनल हाइड्रोले नै उक्त आयोजनाको अनुमति लिएर निर्माण सुरु गरेको थियो । प्रकृया फितलो हुँदा विभागले नेशनल हाइड्रोको लाइसेन्स रद्ध गरिदिएको थियो ।

गुमेको आयोजना फिर्ता पाएसँगै नेशनल हाइड्रोको वित्तीय अवस्थामा सुधार आउने अपेक्षा लगानीकर्तामा पर्दा पछिल्ला केही दिन यता यसको अधिक शेयर कारोबार हुँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।