समताको नाफा ३ सय प्रतिशतले वढ्यो


समता लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४८ लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ३११ प्रतिशतले धेरै हो । 

 

संस्थाले गत आर्थिक वर्षको चैतमसान्तसम्ममा ३६ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । हाल ५ करोड ६८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको सञ्चीत कोषमा ५ करोड ४७ लाख ८१ हजार रुपैयाँ रहेको छ । हाल ४४ करोड १९ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले चालु आवको चैतसम्ममा एक अर्ब २३ करोड ७० लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चालु आवको चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आमदानी करिब दोब्बरले वढेर ४ करोड ७४ लाख रुपैयाँ पुर्याएको । साथै यो अवधीमा संस्थाको अन्य आम्दानी २ करोड ४५ लाखले वढेर ३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको सो अवधीमा संस्थाको प्रतिसेयर आम्दानी ३४.८१ रुपैयाँ रहेको छ । लगाीकर्ताको दृष्टिकोणवाट प्रति सेयर आम्दानी जती धेरै भयो त्यती नै राम्रो मानिन्छ । तर, मूल्य आम्दानी अनुपात १५ देखि २५ प्रतिशतसम्म भएको खण्डमा उयुक्त मानिन्छ । त्यसैगरी संस्थाको प्रति सेयर मुल्य आम्दानी अनुपात ३४.८४ प्रतिशत रहेको छ । मूल्य आम्दानी अनुपातलाई हेर्दा केही धेरै भएको हुनाले संस्थाको सेयरमा लगानी गर्दा आम्दानी भन्दा पनि सेयर मूल्य उच्च रहेको जनाउछ । सो अवधीमा संस्थाको प्रति सेयर नेटवर्थ १९६.३१ रुपैयाँ रहेको छ ।