कोरिया जाने कामदारहरुको बीमा गर्न इच्छुक कम्पनीलाई सूचीकृत हुन आग्रह

0
Shares

वैदेशिक रोजगार विभाग, इपीएस, कोरिया शाखाले कोरिया जाने कामदारहरुको कोरोना बीमा गर्नु पर्ने भएकाले इच्छुक बीमा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको छ ।

रोजगार अनुमती प्रणाली (ईपीएस) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदारहरुको कोरिया पुगेको मितिबाट १४ दिनसम्मको लागि ५ हजार डलर बराबरको कोभिड-१९ बीमा गराउनुपर्ने भएकाले इच्छुक बीमा कम्पनीहरुलाई सूचीकृत हुन आग्रह गरेको हो ।

तोकिए बमोजिमको बीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बीमा कम्पनीहरुले साउन ७ गतेभित्र वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखामा सूचीकृत हुनुपर्ने छ ।

सूचीकृतका लागि संस्था दर्ताको आधिकारीक कागजातको प्रतिलिप सहित निवेदन दिनुपर्ने विभागले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।