नेपाल एग्रो लघुवित्तको आईपिओमा ३० गुणा बढी आवेदन, आज अन्तिम दिन

0
Shares

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले बैशाख ८ गतेदेखि सर्वसाधारणमा एक लाख ५१ हजार २०० कित्ता आईपिओ जारी गरेको थियो।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ्गका अनुसार नेपाल एग्रो लघुवित्तको शेयरमा तीन दिनमा ३० गुणा बढी आवेदन परेको छ। मंगलबारसम्म २ लाख २५ हजार ३५० बढी आवेदकबाट ४६ लाख ४६ हजार ९६० कित्ता शेयर माग भएको हो।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक लाख ५१ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक लाख ६१ हजार ७७८ कित्ता आईपिओ निष्काशन गरेको कम्पनीले २४ सय ८९ कित्ता लघुवित्तका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको