सगरमाथा इन्स्योरेन्सको लाभांश पारित

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनीको बुधबार सम्पन्न २४ औँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

काठमाण्डौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरी कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गरेको हो ।

कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब १२ लाख २३ हजार रूपैयाँ रहेको छ । ११ प्रतिशत बराबरको ११ करोड १ लाख ३४ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल तथा आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।