प्रभु इन्स्योरेन्सको बोनस सूचीकृत, सूचीकृत कसले पाउँछ ?

0
Shares

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

इन्स्योरेन्सको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको जेठ ६ गते, बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएको कम्पनीको २५ औँ वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख २६ गते आइतबारदेखि बुकक्लोज गरेको । यसअनुसार वैशाख २३ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।