काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडमा रोजगारीको अवसर

0
Shares

काठमाण्डौं उपत्यका खानेपानी लिमीटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

कम्पनीले आन्तरिक, खुल्ला र समावेशी प्रतियोगित्मक परीक्षाद्धारा गत पुस मसान्त देखि रिक्त रहेका प्राविधिक तथा प्रशासन तर्फका विभिन्न स्थायी पदमा कर्मचारीनियुक्त गर्न लागेको हो।

खानेपानी लिमीडेडले प्राविधिक तर्फका विभिन्न पदका लागि १९ जना र प्रशासन तर्फका विभिन्न पदका लागि १५ जना गरी जम्मा ३४ जना कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उमेद्धवारले साउन २१ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै दोब्बर दस्तुर तिरी दरखास्त दिने अन्तिम मिती पछि ७ दिन सम्म आवेदन दिन सकिन्छ । परीक्षा दस्तुर नविल बैंकको चल्ती खातामा जम्मा गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।