नेप्सेमा २९ लाख कित्ता बढी शेयर सुचिकृत

0
Shares

 नेप्सेमा २९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । शुक्रबार गुराँस लाइफको २९ लाख ७० हजार कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीले चैत २८ देखि २स्१ को अनुपातमा ५० प्रतिशतको दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रदपछि कम्पनीको पुंजी ९३ करोड ८५ लाख पुगेको छ।

 

प्रकाशित मिति: ७ भदौ २०७६, शनिबार  ०८ : ३३ बजे