शेयर लगानीकर्ताहरुका लागि ज्योति विकास बैंकको ‘ज्योति स्मार्ट सेभिङ्ग्स’ बचत खाता

0
Shares

ज्योति विकास बैंक (JBBL) ले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै विभिन्न सुविधाहरु पाउने बैंकले जनाएको छ ।

यो खातमा डिम्याट खाता र पहिलो वर्षको सेवा,मेरोसेयर रजिस्ट्रेशन शुल्क , सि-आस्वा, मोबाईल बैंकिंग सेवा, इन्टरनेट बैंकिंग सेवा र डेबिट कार्ड नि:शुल्क प्राप्त गर्ने बैंकले जनाएको छ ।

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५०५ छुट र धितो रकममा ३०५ छुटको सुविधाहरु पनि रहेका छन्।

ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने छ। ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।