मुक्तिनाथ विकास बैंकको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

मुक्तिनाथ विकास बैंकले साउन १९ गते मंगलबारदेखि संस्थापक समूहको एक लाख ५ हजार ४१ कित्ता शेयरको लिलामी खुला गरेको छ ।

उक्त लिलामी शेयरमा ईच्छुक बैंकका संस्थापक शेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  ०७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।