पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी आवध्द्ध सबै निकायहरु लाग्नुपर्छः चेम्बर अध्यक्ष मल्ल

0
Shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्रसँंग आवध्द्ध सबै निकायहरु लाग्नुपर्ने बताएका छन् ।

चेम्बर अफ कमर्सका कार्य समिती सदस्य अर्जुन शर्माको सभापतित्वमा चेम्बर अन्तर्गत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सदस्यमा मनोनयनपत्र प्रदान गर्ने कार्यक्रममा अध्यक्ष मल्लले सो बताएका हुन् ।

उनले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्र संग आवध्द्ध सबै निकायहरु लाग्नुपर्ने बताए ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सदस्यमा मनोनयन भएका ९ सदस्यलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

उनले भएका दीपक राज जोशी, हिक्मत सिंह ऐर, विनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्णलाई मनोनयन पत्र प्रदान गरेका हुन् ।

उतm अवसरमा चेम्बर अध्यक्ष मल्लले नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुको प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।