इजरायल पठाउने नाममा ठगी बढेपछि सतर्क रहन विभागको आग्रह

0
Shares

इजरायलमा एक हजार नेपाली श्रमिकका लागि रोजगारीको अवसर, तलब एक लाख ९३ हजार

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालिन स्यार केन्द्रमा पठाउने भन्दै सामाजिक सञ्जालबाट ठगी गर्ने कार्य बढेपछि सतर्क रहन आग्रह गरेको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त केन्द्रहरुमा पठाइने नेपाली कामदार छनौट प्रक्रियामा निजिक्षेत्र, म्यानपावर कम्पनी, कन्सलटेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको संलग्नता नरहेको प्रष्ट पारेको छ ।

ठगले इजरायलमा केयर गिभर छनोट गरी नेपाल सरकारसंग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालको प्रयोग गरेर भ्रम छर्दै आवेदकबाट रकम समेत उठाउने गरेको पाइएको विभागले जनाएको छ।

सहयोगी कामदार छनोटका लागि कुनै पनि निजी संस्थासंग सम्झौता नभएको र अनुमति प्रदान नगरिएको समेत विभागले प्रष्ट्याएको छ।

तसर्थ यस्तो प्रलोभनमा परेर राहादानी तथा कुनैपनि कागजात नबुझाउन समेत विभागले आग्रह गरेको छ । उक्त छनोट प्रक्रिया नेपाल सरकार र इजरायली सरकारबीच भएको सम्झौता अनुसार हुने पनि विभागले प्रष्ट पारेको छ।

छनोट प्रक्रियामा अंग्रेजी भाषाको परीक्षाबाट छनोट भएका मध्यलाई अन्तवार्तामा बोलाइने र अन्तवार्ता छनोट भएपछि रोष्टरमा नाम समावेस गरी कामदार छनोटका लागि इजरायल पठाइने छ । यसर्थ कामदार छनोट प्रक्रिया पूर्ण रुपले निष्पक्ष हुने विभागले जनाएको छ ।

विभागले श्रावण १२ गतेबाट एक सूचना जारी गर्दै इजरायलको केयर गिभरमा जान इच्छुक तथा योग्यता पुगेका नेपालीबाट २१ दिनभित्र अनलाइन आवेदन आह्वान गरिसकेको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।