आँधिखोला लघुवित्तको आजदेखि नेप्सेमा शेयर कारोबार खुल्ने

0
Shares

आँघिखोला लघुवित्तको सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुल्ने भएको छ। कम्पनीले आइतबार नेप्सेमा आईपीओ सहित कूल १० लाख कित्ता शेयर सूचीकृत गराएको थियो ।

लघुवित्तको आईपीओ प्राप्त गरेका लगानीकर्ताले सोमबारदेखि खरिद बिक्री गर्न सक्नेछन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लघुवित्त कम्पनीको शेयर कारोबारको लागि “एकेबिएसएल” कारोबार संकेत प्रदान गरेको छ । धितोपत्रको दोस्रो बजारमा लघुवित्त कम्पनीको यहि सिम्बोलमा कारोबार हुनेछ ।

यसैगरि नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर सोमबार लघुवित्तको पहिलो शेयर कारोबार खुल्नेछ।

आँधिखोला लघुवित्तले गत असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरेको थियो। आईपीओ पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ।