आईसिएफसि फाइनान्सले पनि ऋणपत्र निष्काशन गर्ने, १२ प्रतिशत ब्याज दिने

0
Shares

आईसिएफसि फाइनान्सले सात वर्ष अवधिका लागि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। उक्त ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

आइसिएफसि फाइनान्स ऋणपत्र निष्काशन गर्ने पहिलो फाइनान्स कम्पनी हुने भएको छ । फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्नेछ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले आइतबार सम्झौता गरि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।

फाइनान्सले निष्काशन गर्ने ऋणपत्रमा लगानीकर्ताले वार्षिक १२ प्रतिशत ब्याजदर पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने फाइनान्सले जनाएको छ।