सिभिल लघुवित्तले माग्यो ८५ कर्मचारी, एसईई पासलाई समेत अवसर

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ८५ जना कर्मचारी माग गरको छ । लघुवित्तले आज एक सूचना जारी गर्दै भविष्यमा स्थापना हुन गईरहेका शाखा कार्यालयहरुका लागि विभिन्न पाँच पदका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत,सहायक कनिष्ठ अधिकृत, वरिष्ठ सहायक/सहायक र कनिष्ठ सहायक पदका लागि स्थायी तथा प्रशिक्षार्थी सेवाको लागि कर्मचारी माग गरेको हो ।

लघुवत्तले अधिकृत पदका लागि १ जना, कनिष्ठ अधिकृत पदका लागि ४ जना, सहायक कनिष्ठ अधिकृत पदका लागि ५ जना, वरिष्ठ सहायक÷सहायक पदका लागि ३७ र कनिष्ठ सहायक पदका ३८ जना गरी कुल ८५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले माग गरेको कनिष्ठ सहायक पदमा एसएलसी/एसइईई पास गरेकाले समेत आवेदन दिन सक्नेछन् । यस्तै, अधिकृत, कनिष्ठ अधिकृत, सहायक अधिकृत पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सो सरहको परीक्षा उत्तिर्ण गरेकाले आवेदन दिन सक्ने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ ।
कम्प्यूटरमा ं दक्षता हासिल गरेका आवेदकलाई विशेष प्राथमिकता दिईने कम्पनीले बताएको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल ठेगानामार्फत आवेदन दिन सकिने छ । कम्पनीको आधिकारीक इमेल ठेगाना [email protected] संस्थाको पायक पर्ने शाखा कार्यालय वा चावहिल, काठमाडौँ स्थित केन्दि«य कार्यालयमा आवेदन बुझाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।