प्रदेश २ मा १६७ जनाको लागि सरकारी जागिरको अवसर

0
Shares

लोक सेवा आयोग प्रदेश नम्बर २ ले निजामती सेवाका सहायक चौथो र पाँचौ अन्र्तगत अप्राविधिक र अप्राविधिक तर्फका विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ ।

आयोगले पाँचौ तहका अप्राविधिक तथा प्राविधिक विभिन पदका लागि ११९ जना र सहायक चौथोको अप्राविधिक तथा प्राविधिक तर्फका विभिन्न पदका लागि ४८ जना गरि कुल १६७ जनाको लागी आवेदन आवाहान गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका १८ वर्ष पुरा भई पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेका नेपाली नागरीकले आवेदन दिन सक्नेछन् ।

आवेदन फारम भाद्र १६ गतेसम्म भर्न सकिने छ । दोब्बर दस्तुर तिरेर भाद्र २३ गतेसम्म बुझाउन सकिने आयोगले जनाएको छ ।

आवेदन फारम अनलाइन ppsconline.p2.gov.np बाट भर्न सकिन्छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।