अजोड इन्स्योरेन्सको नाफा ९ करोड २५ लाख

0
Shares

अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ५२ लाख खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको खुद नाफा ४९.७५ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ३८ करोड २८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३० करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको खुद बीमाशुल्क २६.३८ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.५२ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीले जगेडा कोषको आकार ४ करोड ८० लाख रुपैयाँबाट बढेर ९ करोड ८ लाख रुपैयाँ कायम गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२१.१० रुपैयाँ पुगेको छ ।

कम्पनीले पुनर्बीमा कमिशनबाट व्यवसायबाट १९ करोड रुपैयाँ आम्दानी गरेको छ । हालसम्म १ लाख २८ हजार १८४ वटा बीमालेख जारी गरी कुल बीमाशुल्क संकलन १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले ४ हजार ४१८ वटा बीमालेख वापत ६१ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा ३ हजार ९२५ संख्याको दाबी वापत २५ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।