एभरेष्ट इन्स्योरेन्सको नाफामा सामान्य सुधार

0
Shares

एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २० करोड ३८ लाख ७१ हजार परुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा २० करोड २६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले खुद नाफा ०.६० प्रतिशतले मात्रै बढेको हो ।

यस अवधिमा कम्पनीले ४३ करोड ६१ लाख ७२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ३० लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

एक अर्ब १८ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ २२ पैसा छ । ३८ करोड ३३ लाख रुपैयाँ जगेडा कोष रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १६८ रुपैयाँ ४४ पैसा छ ।

कम्पनीले यस अवधिसम्ममा १३ करोड ७८ लाख ९० हजार रुपैयाँ लगानी कर्जा तथा अन्य बाट आम्दनी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले यस शिर्षकबाट १२ करोड ६२ लाख ४१ हजार रुपैयाँ आम्दनी गरेको थियो ।

एक लाख १ हजार ५०४ बीमालेख जारी गरी एक अर्ब एक करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

५ हजार ८८१ बीमा दाबी वापत कम्पनीले ८९ करोड ३७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । ५ हजार १५४ बीमा दाबी वापत कम्पनीले ९५ करोड ३७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।