शेयर बजारले बुलिस ट्रेन्ड समात्यो, बुधबार दोहोरो अङ्कको वृद्धि

0
Shares

मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार बुधबार भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुगेको छ । मङ्गलबार नेप्से ३.७४ विन्दुले बढेर एक हजार २६० मा पुगेर रोकिएको थियो ।

यसैगरी ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० बिन्दुले बढेर २७६.९४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार विभिन्न १७२ कम्पनीका ३४ लाख आठ हजार ३७४ कित्ता शेयर ९५ करोड तीन लाख चार हजार ४१० मूल्यमा खरीद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये जलविद्युत् र उत्पादन उपमूहको शेयर बढ्न सकेनन् । जलविद्युत् १०.६८ र उत्पादन उपसमूहको शयेर २.६९ बिन्दुले घट्यो ।

बैङ्किङ २७.२, होटल ६०.११, विकास बैंक ३९.३४, वित्त ३.९५, निर्जीवन बीमा १३.६९, अन्य ४.१६, लघुवित्त ६.०१ र जीवन बीमा ११.४६ बिन्दुले बढेको छ । स्टकका अनुसार बुधबार नेपाल बैंक लिमिटेडको शेयर नौ करोड ९४ लाख ६ हजार २६९, ग्लोबल आइएमई बैंकको सात करोड १९ लाख चार हजार ७२०, एनआइसी एसिया बैंकको ६ करोड ४० लाख ८४ हजार ७३४, प्रभु बैंकको ६ करोड २७ लाख ६० हजार ९५४ र जनता बैंक लिमिटेडको पाँच करोड ९४ लाख ७८ हजार ४९४ रुपैयाँमा खरीद बिक्री भए ।

त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.७७ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.८८, सहयोगी विकास बैंक ६.६७, मेगा बैंकका शेयरधनीले ६.०४ प्रतिशतले कमाए । राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९३ प्रतिशतले गुमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ४.८६, नेपाल कम्युनिटी विकास बैंक ४.८६ र आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ४.६८ प्रतिशतले गुमाए ।