
पहिराका कारण सोमबारदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।
धुञ्चे–ठूलोभार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि सोमबारदेखि रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
राजमार्ग खुलाउन आज बिहानैदेखि तीन डोजर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार करिब १२ः३० बजे पहिराले अवरूद्व बनाएको थियो ।
द्रुतरूपमा राजमार्ग खुलाउने प्रजिअ ढकालको प्रयास अगाडि बढेपछि अवरूद्व मार्ग २४ घण्टाका अन्तरालमा पुनःसञ्चालन भएको बताइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया