लाभांश घोषणाको सन्दर्भमा माछापुच्छ्रे बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंकलाई स्पष्टीकरण सोधेको छ। बैंकले गत आवको मुनाफाबाट घोषणा गरेको लाभांश सम्बन्धि सूचना नेप्सेमा ढिला जानकारी गराएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

बैंककोे भदौ ११ गते बुधबार साँझ सम्पन्न बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेकोमा भदौ १२ गते बिहीबार ११ स् ५८ बजेमात्र बैंकले नेप्सेमा जानकारी दिएको थियो। नेप्सेले सूचीकरण सम्झौताको अनुसूची ४ को बुँदा नम्बर ५ बमोजिम बैंकलाई स्पष्टीकरण सोधेको छ।

सो सम्झौता अनुसार संगठित संस्थाले लाभांश, बोनस, वा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेमा कुन मितिसम्म कायम शेयरधनीले त्यस्तो लाभांश, बोनस वा हकप्रद पाउने हो सो सम्बन्धि जानकारी त्यस्तो निर्णय हुने बितिकै वा भोलिपल्ट कारोबार सुरु हुनुअघि दिनुपर्ने व्यवस्था छ ।

बैंक सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस र १ १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।