बागलुङ्गको गलकोटमा कामना सेवाकोे ९८ औं शाखा


कामना सेवा विकास बैंकले बागलुङ्गमा रहेको गलकोट, नगरपालिका वडा नं. ०३ स्थित गलकोटमा शाखा बिस्तार गरेको छ । बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप शाखा बिस्तार गरिएको बैंकले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार सुरु गरेका थिए ।

काठमाडौं – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९८ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।