एसबिआई बैंकको खुद नाफा एक अर्ब ६० करोड


चालु आर्थिक वर्षको तेस्रो त्रौमससम्मा एक अर्ब ६० करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ३७ करोड ९७ लाख खुद नाफा गरेको थियो ।बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै ५७ करोड ७८ लाख ५६ हजार रुपैयाँले खुद नाफा बढाएको छ ।

दोस्रो त्रैमाससम्म एक अर्ब २ करोड २८ लाख खुद नाफा कमाएको यस बैंकले नाफा चैत मसान्तसम्ममा एक अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ पुगेको हो ।

गत आवको ९ महिना अवधिमा बैंकले एक अर्ब ३७ करोड ९७ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको यसै अवधिको तुलनामा बैंकले १६.०१ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।
बैंकले खुद नाफावाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुको व्यवस्थापछि एक अर्ब १७ करोड ८३ लाख ७६ हजार रुपैयाँ वितरण योग्य नाफा गरेको छ । जुन खुद नाफाभन्दा ४२ करोड २२ लाख कम हो ।

बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ३२ करोड एक लाख, पूँजीगत रिजर्बमा ५ करोड ७० लाख, संस्थागत समाजिक उत्तरदायित्वमा ८० लाख ७० हजार र रेगुलेटरी रिर्जब कोषमा २ करोड ९० लाख छुट्टाएको हो ।९ महिना अवधिमा गरेको नाफाअनुसार हालसम्म बैंकले शेयरधनीलाई १८.६० प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ ।
गत चैत मसान्तसम्ममा बैंकको निक्षेप संकलन एक खर्ब ८ लाख र कर्जा प्रवाह रकम ८५ अर्ब ७९ करोड ४३ लाख पुगेको छ । गत आवको यसै अवधिमा बैंकको निक्षेप संकलन ८४ अर्ब २२ करोड ७३ लाख र कर्जा लगानी ७२ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
गत आवको चैतमा दुई अर्ब ८९ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको चैत मसान्त आइपुग्दा तीन अर्ब ३५ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । बैंकले ८ अर्ब १६ करोड ९५ लाख ब्याज आम्दानी गरेर ४ अर्ब ८१ करोड २२ लाख ब्याज खर्च गरेको हो।
चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसाबाट वढेर २५ रुपैयाँ २६ पैसामा पुगेको छ । बैंकको जगेडा कोष ५.८४ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तमा बैंकको जगेडा कोष ४ अर्ब ७५ करोड ४१ लाख रहेकोमा हाल ५ अर्ब ३ करोड २० लाखमा वृद्धि भएको हो ।
चालू आवको यो अवधिमा बैंकको आधार ब्याजदर घटेको छ भने निक्षेप संकलन लागत भने वृद्धि भएको छ । यस अवधिमा बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका कारण प्रतिस्पर्धि ब्याजदरमा निक्षेप संकलन गर्दा धेरै वाणिज्य बैंकहरुको निक्षेप संकलन लागत भने बढेको छ । गत वर्षको चैत मसान्तमा ९.८९ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.७३ प्रतिशतमा झरेको छ भने कोषको लागत ५.२६ बाट ५.८६ प्रतिशतमा बढेको छ ।
बैंकले आफ्नो खराब कर्जा अनुपात पनि केही बढेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा ०.१३ प्रतिशत मात्रै रहेको खराब कर्जा अनुपात बढेर ०.१९ प्रतिशतमा बढेको हो । यो अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ५६ पैसा, मूल््य आम्दानी अनुपात १६.४६ गुणा र कर्जा निक्षेप अनुपात घटेर ७५.५८प्रतिशतमा झरेको छ ।