महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर बीच सम्झौता

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहककालागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग एक सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंककाग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ ।

सम्झौता अनुसारबैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १०%, रेडियसन थेरापी र बीचथेरापीमा ५% तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% छुट प्राप्तगर्नेछन् ।

देशका ९९ वटा शाखाहरुबाट बंैकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मीविकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।