किसान माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २४ प्रतिशत बोनस शेयर

0
Shares

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षको कमाईबाट २४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कर प्रयोजनार्थ १.१४ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनसपछि चुक्ता पूँजी १० करोड ६६ लाख पुग्नेछ । किसान माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक आपसमा गाभिने प्रक्रियामा रहेका छन् ।