निर्जीवन बीमा कम्पनीहरुद्धारा ६ अर्ब ४० करोडको व्यवसाय, कसको कति ?

0
Shares

निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको २ महिनामा ६ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले दुई महिना अवधिमा ४ लाख ७३ हजार २६४ वटा बीमालेख जारी गरी उक्त रकम (६ अर्ब ४० करोड) संकलन गरेका हुन् । भदौ महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ९६ करोडको व्यवसाय गरेका हुन् ।

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६८ करोड बीमाशुल्क संकलन गरेको छ । सगरमाथा इन्स्योरेन्स र नेको इन्सयोरेन्सले पनि ५० करोडभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर, एनएलजी, र राष्ट्रिय बीमा कम्पनीले ४० करोडभन्दा धेरै बीमाशुल्क संकलन गर्दा हिमालयन जनरले ३५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

बाँकी दश निर्जीवन बीमा कम्पनीले २० करोडदेखि २७ करोडसम्म बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा प्रभु र ओरियन्टलले समान २७।२७ करोड, युनाइटेड २६, नेशनल २३, आइएमई जनरल, अजोड र नेपाल इन्स्योरेन्सले समान २२।२२ करोड, लुम्बिनी र एभरेष्ट इन्स्योरेन्सले २१।२१ करोड तथा प्रुडेन्सियल इन्स्योरेन्सले २० करोड बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको दुई महिना अवधिमा सानिमा जनरलले सबैभन्दा कम १३ करोड बीमाशुल्क संकलन गर्दा दोस्रो कम जनरल इन्स्योरेन्स रहेको छ । जनरल इन्सयोरेन्सले १४ करोड बीमाशुल्क उठाएको छ ।

S.N Non Life Insurance Company Total Premium Collecation in Arba
    2078 Bhadra Till  Bhadra 2078
1 Shikhar Insurance  0.36 0.68
2 Sagarmatha Insurance  0.24 0.58
3 Neco Insurance 0.26 0.52
4 Siddhartha Insurance  0.20 0.46
5 Premier Insurance  0.19 0.41
6 NLG Insurance 0.20 0.40
7 Rastriya Beema Company 0.19 0.40
8 Himalayan General  0.12 0.35
9 Prabhu Insurance  0.15 0.27
10 Oriental Insurance  0.10 0.27
11 United Insurance Co. (Nepal)  0.11 0.26
12 National Insurance  0.11 0.23
13 Nepal Insurance  0.11 0.22
14 Ajod Insurance  0.10 0.22
16 IME General Insurance 0.09 0.22
15 Lumbini General 0.11 0.21
17 Everest Insurance  0.10 0.21
18 Prudential Insurance  0.09 0.20
19 General Insurance  0.06 0.14
20 Sanima General Insurance  0.07 0.13
  Total 2.96 6.40

भदौमा २ अर्ब ९६ करोड संकलन

निर्जीवन बीमा कम्पनीहरुले भदौमा मात्रै २ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । २ लाख २६ हजार १९६ वटा बीमालेख जारी गरेर निर्जीवन बीमा कम्पनीहरुले भदौमा उक्त रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

शिखरले भदौमा मात्रै ३६ करोड बीमाशुल्क संकलन गरेको छ । भदौमा नेकोले दोस्रो ठूलो २६ करोड बीमाशुल्क उठाएको छ भने २४ करोड सहित सगरमाथा तेस्रो स्थानमा रहेको छ ।

सिद्धार्थ र एनएलजीले समान २०।२० करोड बीमाशुल्क उठाउँदा आइएमई जनरल, प्रुडेन्सियल, सानिमा जनरल र जनरल इन्सयोरेन्सले भदौ महनिामा १० करोडभन्दा कम बीमाशुल्क संकलन गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।