‘यूवासँग-महालक्ष्मी’ बीमा जागरण अभियान तनहुँमा सम्पन्न

0
Shares

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण गर्ने सिलसिलामा नवौं जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ ।

तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न भएको ‘यूवासँग–महालक्ष्मी’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रीय सदस्य राजु ढकालले दिएका थिए ।

दमौलीका कार्यालय प्रमुख माधव न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

तनहुँ जिल्ला भरी बीमा जागरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्सीय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि समेत गठन भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।