शेयर बजार सूचक नेप्से ११९१ अंकमा झर्यो, कारोबार २९ करोडमा सिमित

0
Shares

यस साताको अन्तिम दिनको शेयर काराबार तथा सूचकमा गिरावट आएको छ । निरन्तर घटेको बजारमा पछिल्लो दुई दिन बढेको थियो । तर नाफा बुक गर्नेहरु हाबी हुँदा बजार पुन ओरालो लागेको छ ।

बिहीबार नेप्से सूचक ३.७० अंकले घटेर ११९१.०७ विन्दुमा झरेकोे छ । १६७ कम्पनीको २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा ९ लाख ५७ हजार ८८१ कित्ता शेयर किनबेच भए ।

कुल ११ वटा समूहको कारोबार भएकामा २ समूहका सूचक बढेका छन् भने बाँकी तल झरेका छन् । वाणिज्य बैंक समूहमा ३.०३ अंकको घटेको छ । कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

आँधिखोला हाइड्रोपावरका सबैभन्दा धेरै ९.७८ प्रतिशतले शेयर मूल्य बढ्दा अरुण काबेलीको ६.९१ प्रतिशतले घटेको छ ।