टेलिकमको सिस्टम अपग्रेड गरिदैँ, मुख्य शहरहरुमा सेवा प्रभावित हुन सक्ने

0
Shares

नेपाल टेलिकमले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने जनाएको छ ।

फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु भइरहेकाले मुख्य शहरहरुमा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन्।

शनिबार राति ११:३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।