महिला वातावरण संरक्षण समिति कुपण्डोललाई कृषि विकास बैंकको सहयोग


महिला वावावरण संरक्षण समिति र गणेश यूवा कल्ब ललितपुर–१ कुपण्डोलमा सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंकको क्षेत्रीय कार्यालय काठमाण्डौंले सहयोग उपलब्ध गराएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले समिति र क्लवलाई एक सय थान डस्ट्वीन संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आफ्नो नगर/टोल लाई सुरक्षीत तथा सफा हरावरा बनाउने दायित्व स्थानीयको पनि भएको भन्दै आआफ्नो ठाउँबाट पनि शहरको सफाईमा ध्यान दिनु पर्ने बताए ।
बैंकले आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको उपाध्यायको भनाई थियो । सबैभन्दा धेरै शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नेका साथै उनिहरुको क्षमता बृद्धिका लागि बिभिन्न बित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उपाध्यायले बताएका थिए ।

वडा अध्यक्ष निर्मल तण्डुकार, महिला वातवरण संरक्षण समितिका अध्यक्ष विष्णु थकालीका साथै क्लवका पदाधिकारीले बैंकले वातारणीय सुरक्षाका लागि गरेको सहयोगको स्वागत गरेका थिए ।