रिलायन्स लाइफको बीमा शुल्क अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

सम्झौतासँगै रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट रिलायन्स लाइफमा बीमा गरेका व्यक्तिहरू लाभान्वित हुनेछन् ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । देशभर ५५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ८० लाख भन्दा बढिले सेवा लिइरहेका छन् ।

इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

रिलायन्स लाइफले मंसिर १, २०७४ बाट आफ्नो व्यवसायिक कारोबार संचालन गरी जीवन बीमा सम्बन्धी नवीन सेवाहरु प्रदान गरिरहेको छ । साथै कम्पनीले रिलायन्स सुरक्षित जीवन बीमा योजना, रिलायन्स धन फिर्ता योजना, रिलायन्स सुखमय जीवन बीमा योजना, रिलायन्स लाइफ मुद्धती निक्षेप सुरक्षा योजना लगायतका जीवन बीमा योजनाहरू संचालनमा ल्याएको छ ।