मञ्जुश्री फाइनान्सको पूँजी बढ्दा नाफा घट्यो


मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ३ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको छ । फाइनान्सले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चुक्ता पूँजी २ पटक वृद्धि गरिसकेको छ । तर उसको कमाई भने घटेको हो ।

फाइनान्सले गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ४५ लाख ७८ जार रुपैंया खुद नाफा कमाएको थियो । उक्त समयमा फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैंया थियो भने अहिले ८३ करोड ४० लाख रुपैंया छ ।

पूँजी बढ्दा सोही अनुपातमा नाफा बढ्दा प्रतिशेयर आम्दानीमा सन्तुलन हुने गर्छ । फाइनान्सको हकमा भने पूँजी बढ्दा कमाई घटेपछि प्रतिफल क्षमतामा तिब्र दरको ह्रास आएको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैंया ६९ पैसामा सिमित भएको छ । जगेडा कोषमा १४ करोड ६४ लाख रुपैंया राखेको फाइनान्सको निष्कृय कर्जा अनुपात २.५६ प्रतिशत छ ।