हिमालयन रि-इन्स्योरेन्सको ३ अर्बको आईपीओ प्रस्ताव पारित

0
Shares

हिमालयन रि इन्स्योरेन्सको ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता प्राथमिक शेयर (आईपीओ) आउने भएकाे छ ।

शुक्रबार सम्म्पन्न साधारण सभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हाे ।

यस्तै शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन पनि गरेको छ ।

यसै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

हिमालयन रि इन्स्योरेन्स नेपालको दोस्रो पुनर्बीमा कम्पनीको रुपमा स्थापित कम्पनी हो । कम्पनीले बीमा समितिबाट २०७८ जेठ १७ गते पुनर्बीमा व्यवसाय सञ्चालनका लागि सञ्चालन अनुमति (इजाजत) पाएको थियो ।

यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । अब कम्पनीले आईपीओ जारिका लागि बिक्री प्रबन्धक नियुक्त गर्नेछ भने शेयर बिक्रीका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डबाट अनुमतिपछि सर्वसाधारणमा आईपीओ जारी हुनेछ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रूपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।