सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त, बैंकलाई थप सबल र समृद्ध बनाउने प्रतिबद्धता

0
Shares


सिभिल बैंक (CBL) को अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त भएका छन् ।

बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो । यसअघि बैंकका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेपछि सञ्चालक समितिले पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

बैंक अध्यक्ष चयन भए पश्चात पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको साथ र सहयोगमा जिम्मेवारी पूरा गर्ने बताए । साथै उनले बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह समेत गरेका छन।

पाण्डेले बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए।

पाण्डेसँग सिभिल बैंकमा गाभिएको आईएलएफसी फाइनान्सको उच्च व्यवस्थापनमा बसेर काम गरेको अनुभव छ । उनी हेलिकोप्टर व्यवसायी समेत हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।