.png)
शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २२५ रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको बढेपनि चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.३८ डलर आसपासमा कारोबार भइरहेको छ ।
हप्तामा २ हजार बढीले घट्यो सुनको मूल्य
नेपाली बजारमा एक हप्ता अवधिमा २ हजार रुपैयाँ बढिले सुनको मूल्य घटेको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यस शुक्रबार सम्म आइपुग्दा सुन तोलामा २ हजार ५०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो ।
गत शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ४०० रुपैयाँ, तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया