सनराइज फस्र्ट म्युचुअल फण्डले पायो एक अर्बको फण्ड संचालनको अनुमति

0
Shares

सनराइज बैंकद्धारा स्थापित सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

फण्डले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानीकोष (म्युचअल फण्ड) योजना काइकाईहरु बिक्रीमा ल्याउने स्वकृती पाएको हो ।
नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको फण्डजारी गर्न अनुमति दिएको जनाएको छ ।

बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोष सुपरिवेक्षकमा चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहेका छन् ।