कोका–कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक

0
Shares

कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ ।

नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ ।

पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी-१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ ।

कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।

 

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार  १८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।