अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले निमित्त वन निर्देशक विष्ट विरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८०.६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेका आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विष्टले उपभोक्ता समितिका साधारण सदस्य र पदाधिकारीसँग मिलेर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत कीर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गरि एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाइ कार्यक्रम अन्तर्गत रुख कटान गर्ने गरेको आयोगले जनाएको छ ।
सोही क्रममा विभिन्न सञ्चारमाध्यमबाट विष्टले आफ्नो सेवा अवधिमा गैर कानुनी सम्पत्ति आर्जन गरेकोबारे प्रकासित समचारका आधारमा आयोगमा उजुरी परेको थियो ।
आयोगका अनुसार अनुसन्धानको क्रममा विष्टले २०५५ सालदेखि २०७७ सम्म आयभन्दा बढी सम्पत्ति आर्जन गरेको देखिएको हो । विष्टले उक्त समय अवधिमा स्रोत नखुलेको १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँ रहेको पाइयो भने उनले जोडेको सम्पत्ति २४ करोड २४ लाख ६९ हजार ७ सय ९ हुन आएको छ ।
उनको वैध आय र सिर्जित सम्पत्तिको अनुपात नमिलेपछि ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाउको छ ।
आयोगका अनुसार उनकी श्रीमती रुबी जिसी विष्टको नाममा रहेको घरजग्गा तथा बैंक खातामा भएको रकमको पनि स्रोत खुलेको छैन् ।
विष्ट विरुद्ध आयोगको ऐन, २०४८ को दफा २९ (ख) बमोजिम असुल उपर/जफत गरी पाउन मागदावी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
साथै आयोगले उनकी श्रीमती रुबी जि.सी. (विष्ट) लाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदाबी लिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया