सिद्धार्थ बैंकले प्रस्ताव गर्यो लाभांस, चुक्ता पूँजी १० अर्ब नजिक


सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई लाभांस बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको भदौ ३० गते सोमबार बसेको बैठकले २५.२६ प्रतिशतले हुन आउने २ अर्ब २४ करोड ५२ लाख रुपैय लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांस केन्द्रीय बैंकबाट अनुमोदन भए बैंकको साधारण सभाले प्रस्तावित लाभांश पारित गरे पछि मात्र लगानीकर्ताले लाभांस पाउने छन् । अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ । बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ८.१६ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।