राजधानीमा पाकिस्तानी मेला सुरु


पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी राजधानीमा शुरु भएको भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शुरु भएको मेलाको नेपालका लागि पाकिस्तानका राजदुत डा. मजहर जाभेदले उद्घाटन गर्दै मेला पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको बताए । दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उनको भनाई थियो ।
पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत जाभेदले मेलामार्फत दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताए ।

आगामी असोज ५ गतेसम्म चल्ने ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता÷चप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध छन् ।
काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ ।

एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका ६० भन्दा बढि प्रतिष्ठित व्यापारीहरुको स्टल रहने छन् । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा आयोजना शुरु भएको मेलामा पाकिस्तानबाट ३० वटा स्टल रहेका छन् । मेलामा यसपालीदेखि नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टलहरु राखिएको आयोजक पक्षले जनाएको छ ।