स्मार्ट ईन्फ्रास्ट्रक्चर निर्माणमा सहयोग पुर्याउने ‘ड्राई मिक्स मोटार प्रोडक्ट’ बजारमा

0
Shares

सगरमाथा प्रिकास्ट सोलुसन्स् प्रा. लि. नेपाली निर्माण र ईन्फ्रास्ट्रक्चर उद्योगलाई स्मार्ट र किफायती प्रिकास्ट निर्माण टेक्नोलोजी प्रदान गर्ने उद्येश्यका साथ ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ ।

सगरमाथा प्रिकास्ट सोलुसन्स् प्रा. लि.त्रिवेणी गु्रपको कर्पोरेट छायाँ अन्तर्गत स्थापित भएको हो । प्रिकास्ट, निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट ईन्फ्रास्ट्रक्चर निर्माणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।

सगरमाथा प्रिकास्ट सोलुसन्स् प्रा. लि को स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ्ग प्लान्ट सुनवाल, नवलपरासीमा रहेको छ भने हाल त्यहाँ आपूर्ति भईरहेका उत्पादनहरुमा प्रिमयिम रेडिमेड कन्के्रट बाउन्डी वाल सोलुसन, कन्क्रेट ब्लक लगायत विभिन्न डिजाइनका पेभर्स, क्लर र रेडि मिक्स कन्क्रेट रहेका छन् ।
हाल कम्पनी नेपालमै प्रथम पटक ड्राई मिक्स मोटार प्रोडक्टपहिचा न गराएको छ, जस अन्तर्गत रेडिमिस्क प्लास्टर, ब्रिक्स ब्लक जोईनिगं मोटर्स जस्ता उत्पादनहरु रहेका छन् ।

हाल कम्पनीले विश्वव्यापी उत्कृष्ट टेक्नोलोजीहरु प्रयोग गरि रहेको छ र साथै उच्च गुणस्तरिय कच्चा पदार्थहरु सुक्ष्मरुपले कम्पनीकोे स्टेट अफ द आर्ट प्रयोगसालामा परिक्षण गर्छ । जसले उत्तम गुण, उच्च शक्ति, आयामी सटीकता र स्थिरताका साथ नवीन उत्पादनहरुको ग्यारेन्टी गर्दछ ।

यस कन्पनीले मेक ईन नेपाल प्रवृत्तिको प्रतिबद्धता जनाएको छ साथै आउने समयमा अन्य विभिन्न उत्पादनहरु सूरुवात गरिरहनेछ । यो उत्पादन नेपालमा पहिलो पटक आर्थिक विकासको लागि बनेको छ र यसले नेपालीलाई ठूलो संख्यामा रोजगारी पनि दिएको छ ।