सनराइज बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश

0
Shares

सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

अघिल्लो बर्षको भन्दा लाभांश बढाएको बैंकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस तथा ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकले चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ११.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।