एनआईसी एशियाले कोभिड बढेपछि बन्द गर्यो ११ शाखा

0
Shares

एनआईसी एशिया बैंकले कोभिड संक्रमणको तेस्रो लहर ओमिक्रोनबाट सिर्जना भएको असहज परिस्थितिका कारण आफ्ना ११ शाखा तथा विस्तारित शाखा बन्द गरेको छ ।

बैंकले पुस ५ गतेदेखि बैंकले बागमती प्रदेशमा रहेका बनेपा, बालाजु, न्युरोड खिचापोखरी, शंखमूल, सिनामंगल, ग्वार्को शाखा तथा लामाटार, धोबीबाट र लुभु विस्तारित काउन्टर बन्द गरेको छ ।

यस्तै बैंकले लुम्बिनी प्रदेशमा रहेको डिङ्गरनगर (तिलोत्तमा) शाखा तथा प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गर्ने निर्णय गरेको छ । स्थानीय निकायको निर्देशनअनुसार हेरफेर हुन सक्ने पनि बैंकले जनाएको छ ।

मथि उल्लेखित शाखा र विस्तारित काउन्टर बाहेक अन्य सम्पूर्ण शाखा कार्यालय र विस्तारित काउन्टरहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुसँग बैंकिङ आवश्यकताका लागि डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिन र सुरक्षित रहन आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।