ग्लोबल आइएमई बैंकको पीओएस सेवा सुचारु, कार्डबाट कारोवार गर्न सकिने

0
Shares

ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल पीओएस मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।

यस सँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सकिनेछ ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ ।

बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ । बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल (पीओएस) मेशिनहरु रहेका छन् ।