एनएलजी इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति ?

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १३ गते विहिबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०. ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट पनि कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कसर प्रयोजनका लागि ०.५२६३ नगद लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ । प्रस्तावित १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँ बोनस सेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख १४८ हजार ३५५ रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीको कर प्रयोजनका लागि ६३ लाख ४७ हजार ४३७ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ ।

यस्तो छ कम्पनीको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 10.00 0.53 10.53
2 2075/2076 7.00 0.37 7.37
3 2073/2074 25.00 1.32 26.32
4 2072/2073 25.00 1.31 26.31
5 2071/2072 20.00 0.00 20.00
6 2070/2071 15.00 6.05 21.05
7 2069/2070 10.00 11.05 21.05
8 2068/2 20.00 0.00 20.00

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।