कामना सेवा विकास बैंकको ओभरड्राफ्ट कार्ड सेवा सुरु


कामना सेवा विकास बैंकले आभरड्राफ्ट कार्ड सेवा सुरु गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बिहीबार उक्त सेवाको संयुक्त रुपमा सुरुवात गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ओडी कार्डबाट सीमासम्मको रकम साझै झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सकिने बताए । ओडी कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने उनको भनाई थियो । काठमाण्डौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर ९९ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।