लेखाब्यवसायी जिम्मेबार नभएको गुनासो आउन थालेको छ : महालेखपरीक्षक शर्मा


महालेखापरीक टंकमणी शर्मा दंगालले लेखाब्यवसायी कामप्रति जिम्मबार नहुने गरेको गुनासो आउने गरेको बताएका छन् । नेपाल चार्टर्ड अकाउन्टेन संस्था(आइक्यान) ले लेखाब्यवसायीलाई कामप्रति जिम्मेवार बनाएको खण्डमा यस्ता गुनासहरु नआउने उनले बताएका हुन् ।

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै शार्माले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखाव्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । यसका लागि लेखाब्यवसयी दत्तचित्त भएर लाग्न समेत उनले सुझाएका थिए ।

श्वसामु उत्कृष्ट लेखाब्यवसायी संस्था हुन नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थालाई सुझाव दिँदै शर्माले भने,“लेखाव्यवसायको लागी आवश्यक दक्षजनशक्तिको विकासमा ध्यानदिनु पर्ने भएको छ ।” मुलुकमा वित्तिय पारर्दशिता तथा सुशासन कायम गर्न तर्फ लेखाब्यवसायीहरुले ध्यानदिन सक्नुपर्ने उनको भनाइ छ । “लेखाब्यवसायका विषयमा कहिलेकाहीँ गुनासो आउने गरेको छ,” उनले भने,“आइक्यानले लेखाब्यवसायीलाई कामप्रति जिम्मेवार वनाउन पर्ने देखिन्छ ।” मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रीवधिबाट हुने गरेको उल्लेख गर्दै लेखाव्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यानदिन समेत उनले सुझाव दिएका छन् ।

कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिहरुमा उत्कृष्ट योगदान पु¥याउनुहुने संस्थाको अन्तरिम तथा प्रथम परिषदका अध्यक्ष स्व.कोमल बहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो । आठौं परिषदका अध्यक्षहरु सिए जगन्नाथ उपाध्याय निरौला, सिए कृष्णप्रसाद आचार्य र सिए मदनकृष्ण शर्मालाई पनि सम्मान गरिएको थियो । यस्तै संस्थामा अनबरत २० वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई दिर्घसेवापदक प्रदान गरिनुका साथै उत्कृष्ट रुपमाकार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालमा लेखाब्यवसायको विकास, संरक्षण र संवद्र्धन गर्नकालागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स ऐन २०५३ अन्तर्गत स्थापित एक स्वायत्त र नियमनकारी निकाय हो । यसले उल्लेखित ऐन र सो ऐन अन्तर्गत बनेको नेपाल चाटर्ड एकाउटेन्टस् नियमावली २०६१ को अधिनमा रही नेपालभित्र लेखाब्यवसायको प्रवद्र्धन, जनशक्तिउत्पादन, र लेखा  ब्यवसायलाई नियमन गर्ने जस्ता काम गर्दै आएको छ ।

संस्थामा हालसम्म १७२९ जना चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु र ख, ग र घ वर्ग गरी कुल ७२३६ जनादर्तावाला लेखापरीक्षक सदस्यहरु आवद्ध हुनुहुन्छ । संस्थाले हालसम्म ६३२ जना चाटर्ड एकाउन्टेन्ट्सहरु उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्नतहमा १२ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको आइक्यानले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।