कुमारी बैंकको तीन अर्बको ऋणपत्रलाई ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ

0
Shares

कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न रेटिङ गराएको छ।

बैंकको ऋणपत्रले इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ दिएको छ। रेटिङ सम्पन्न गराएको बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन गर्न बाँकी छ । बोर्डको स्वीकृती पश्चात ऋणपत्र बिक्रीमा आउनेछ ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा बैंकहरुको स्रोत परिचालन कमजोर हुन नदिन चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्रीलाई जोड दिएका छन् । तर ऋणपत्रहरुको दोस्रो बजारमा सजिलै कारोबार हुन नसक्दा सर्वसाधारण भने खासै आकर्षीत हुन सकेको देखिदैन् ।